सिराहा, २३ जेठ ।
अज्ञात समूहबाट गोली प्रहारबाट सिराहामा एक जना घाइते भएको छन् ।
जिल्लाको मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकलका संचालक रामसागर साफिमाथि गएराती ८ बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ ।
घाइते रामसागर साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गोली चलाउने व्यक्तिहरु फरार रहेकोले खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।