Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मकवानपुरको राक्सिराङबाट १२ किलो लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मकवानपुरको राक्सिराङबाट १२ किलो लागुऔषध गाँजा सहित ३ जना पक्राउ

images

इच्छाकामना न्युज

२२, जेठ २०७८
मकवानपुरको राक्सिराङबाट १२ किलो लागुऔषध गाँजा सहित ३ जना पक्राउ
images

मकवानपुर, २२ जेठ । 
मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजा सहित आज (शनिबार) ३ जनालाई पक्राउ गरिएको छ । 
पक्राउ पर्नेमा तिनै जना कैलाश गाउँपालिकाका रहेका छन् । कैलाश–७ बस्ने बर्ष ४७ का हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने बर्ष २४ का राम बहादुर मोक्तान र सोही ठाउँका अर्का २४ वर्षका ठाकुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले 

राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकेर पैदल हिंडिरहेका व्यक्तिहरुमाथि चेकजाँच गर्दा उनीहरुको साथबाट उनीहरुको साथबाट १२ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला पारेको हो ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको ती व्यक्तिहरुको थप अनुसन्धान भईरहेको मकवानपुरले प्रहरी जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - २०:०२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology