मुग्लिन, २२ जेठ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा आज एक पुरुषको शव फेला परेको छ । मुग्लिन बजार भन्दा माथिको गुम्बाडाँडास्थित भिरपाखा जंगलमा नाईलनको डोरीमा झुण्डीएको अवस्थामा पुरुषको टाउकोको खप्पर, घाँटिको हड्डी र दाहिने हातको हड्डी फेला परेको हो।

आज दिउँसो स्थानीयले लास भेटिएको सुचना दिएपछि इलाका प्रहरी कार्यलय मुग्लिनका कार्यलय प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर राना मगर समेतको अनुसन्धान टोलि घटनास्थल पुग्दा पहिचान नखुलेको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय मुग्लिनले जानकारी दिएको छ।
पुरुषको शव पोष्टमार्ट्मको लागि भरतपुर अस्पतालमा पठाइएको छ।
