Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामनाका ५० घरधुरी चेपाङ परिवारलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा राहत वितरण

इच्छाकामनाका ५० घरधुरी चेपाङ परिवारलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा राहत वितरण

इच्छाकामना न्युज

२१, जेठ २०७८
इच्छाकामनाका ५० घरधुरी चेपाङ परिवारलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा राहत वितरण

मुग्लिन,२१ जेठ । चितवनका चेपाङहरुलाई राहत वितरण गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केना,टार, पहेले पानी र बक्सेरानाका ५० चेपाङ परिवारलाई राहत वितरण गरिएको हो ।

images

प्रत्येक परिवारलाई एक बोरा चामल, एक पोका नुन, एक पोका तेल र एक किलो दाल वितरण गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज चितवनका जिल्ला सदस्य तथा सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी खानलले जानकारी दिनुभयो।

No description available.
मेची महाकाली बुहारी संयुक्त आवाज चितवनका अध्यक्ष महेश्वरी खड्काले यस संस्थाले विशेष गरि हिंसा परेका महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । अहिले कोरोनाका कारण विपन्न मजदुर परिवारमा विहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताउनुभयो । यस अघि बाढी पहिरो पीडितलाई पनि सहयोग गरिएकोे उहाँले बताउनुभयो ।

वडाध्यक्ष मोदराज सिलवालले हरेक समस्याको बेला वडाले सामाजिक अभियनताहरुसंग सहकार्य गरेर जनताको मलम पट्टी लगाउने काम गरिरहेको बताउनुभयो । लकडाउनका कारण विहान बेलुका छाक टार्न मुश्किल भएका सीमान्तकृत चेपाङ समुदायका लागि खाद्यान्न सहयोग गरेकोमा मेची महकाली बुहारी आवाज परिवारलाई धन्यावाद दिनुभयो ।

193019228_869530603911995_6511955447145721412_n.jpg

पूर्वसंविधान सभा सदस्य अन्जनी श्रेष्ठ, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
मुग्लिनमा राहत वितरण गरिएको थियो । उक्त राहत सम्बन्धित गाउँसम्म लैजानका लागि मेची महाकाली बुहारी आवाजले नै रु ६ हजार गाडी भाडा समेत उपलब्ध गराएका छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २१:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology