Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोनाको दोस्रो लहरमा हाल सम्म १९ पत्रकारको मृत्यु 

कोरोनाको दोस्रो लहरमा हाल सम्म १९ पत्रकारको मृत्यु 

images

इच्छाकामना न्युज

२१, जेठ २०७८
कोरोनाको दोस्रो लहरमा हाल सम्म १९ पत्रकारको मृत्यु 
images

काठमाण्डौ, २१ जेठ । कोरोना महामारी कोभिड–१९ को दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् ।

प्रेस काउन्सिलका अनुसार यस मध्ये २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक/लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको पनि काउन्सिलले जनाएको छ ।

काउन्सिलले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ । 

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २०:४१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology