Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा 

नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा 

images

इच्छाकामना न्युज

२१, जेठ २०७८
नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा 
images

काठमाण्डौ, २१ जेठ । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो ।

आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा आज तीन जना निवेदकका तर्फबाट मात्र बहस भएको छ ।

यसअघि, नागरिकता सम्बन्धी अध्यादेश विरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गर्नुभएको थियो । इजलाशमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की , मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

नागरिकता अध्यादेशविरुद्ध अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायत ६ जनाले रिट निवेदन दिएका छन् ।  रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गर्नुभएको थियो । 

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २०:३८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology