Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जेठ २५ देखिको कोरोना खोप अभियान ग्रामीण क्षेत्रमा केन्द्रित हुने 

जेठ २५ देखिको कोरोना खोप अभियान ग्रामीण क्षेत्रमा केन्द्रित हुने 

images

सिआईएन

२०, जेठ २०७८
जेठ २५ देखिको कोरोना खोप अभियान ग्रामीण क्षेत्रमा केन्द्रित हुने 
images

स्नेहा कर्ण, काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि खोप अभियान चलाउने तयारी भएको जनाएको छ । सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान चलाउन लागिएको हो ।

सिरहाका रामपुकार यादव ७१ वर्ष पुग्नुभयो, उहाँलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा छ । अघिल्लो पटक खोप अभियान बारे थाहै भएन । यसपाली पनि खोप कहाँ, कहिले र कसरी पाईन्छ भन्ने जानकारी आफूहरूलाई नदिइएको उहाँको भनाइ छ ।

सरकारले हालसम्म खोप अभियान अन्तर्गत कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सांसद, सरकारी तथा वित्तिय क्षेत्रका कर्मचारी अनि ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ । तर, ती खोप अभियानमा लक्षित सबै जना अटाउन नसकेको बताउनुहुन्छ अछामका ६५ वर्षका भजनीदेवी खड्का ।

नेपालमा हालसम्म भारतमा बनेको कोभिशिल्ड र चीनमा बनेको भेरोसेल खोप लगाईएको छ । खोप अभियानलाई निरन्तरता दिन चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । स्थानीय सरकार  खोप अभियान सुरु गर्न तयारी अवस्थामा रहेको भोजपुरको साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संयोजक जगरनाथ साहले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रमा खोप अभियान हालसम्म प्रभावकारी रूपले सञ्चालन हुन सकेको छैन । कारण लक्षित समूहले खोप अभियान र खोपको प्रभावकारी बारे पर्याप्त जानकारी पाउन सकेका छैनन् । सहरी र सुगम क्षेत्र केन्द्रीत खोपलाई विकट ठाउँहरुमा समेत पु¥याउने गरी हुम्लाको सर्केगाड गाउँपालिकाले योजना बनाइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी बताउनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप सल्लाहकार समितिका संयोजक डा तारा पोखरेलका अनुसार यसपालीको खोप अभियान जेठ २५ गतेबाट सुरु हुनेछ र दुर्गम क्षेत्रकै लक्षित समूहका नागरिक प्राथमिकतामा रहनेछन् ।

यसअघि कोभिसिल्ड खोप लगाएकाहरूको सन्दर्भमा खोप निर्माता कम्पनी र कोभ्याक्समार्फत् उपलब्ध हुने खोप समयमै नआउँदा दोस्रो मात्रा लगाउने समय लम्बिएको छ । तर चिनबाट आएको भेरोसेल खोप दुर्गमका बस्तीहरुमा पनि पु¥याउनु पर्ने आम नागरिकको माग छ । 

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०९:०३:०२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology