आबुखैरेनी, १९ जेठ । पछिल्लो २४ घण्टामा तनहुँको आँबुखैरेनी गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै गाउँपालिकामा जम्मा संक्रमितको संख्या ४४ पुगेको छ ।
जस मध्ये २ जनाको उपचारको क्रममा ज्यान गएको छ, भने १५ जना निको भएका छ्न ।
२८ जना सक्रिय संक्रमीत सामान्य अवस्थामा होम आइसोलेशनमा रहेको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
