Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाजसेवी पियाको जग्गामा घरधनी बनेकाहरुको आतंक कहिलेसम्म ?

समाजसेवी पियाको जग्गामा घरधनी बनेकाहरुको आतंक कहिलेसम्म ?

इच्छाकामना न्युज

१२, कार्तिक २०७७
समाजसेवी पियाको जग्गामा घरधनी बनेकाहरुको आतंक कहिलेसम्म ?
images

चितवन, १२ कार्तिक
चितवनको मुख्य ब्यापारिक केन्द्रबिन्दु नारायणगढ बजारको मुटु मानिने शहिदचोकबाट मिलनरोड जाने बजार क्षेत्रमा १५० वटा सटर समेटेर बनाईएको चमेलीदेबी बिग बजारमा अहिले ब्यबसायीहरु आंतकीत बनिरहेको खबर प्राप्त भएको छ ।
बिश्वब्यापी कोराना भाईरसको आतंक र अत्यासलाग्दो लक डाउन झेल्न बाध्य यहाँका ब्यबसायीहरु अहिले सो सटरका मालिकहरुको आंतकले त्राहीमामको अवस्थामा पुगेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १ नारायणगढका पुराना स्थानिय एवं समाजसेवी उदय कुमार पियाको ५ कठ्ठा क्षेत्रफल रहेको जग्गा लिजमा लिई सो स्थानमा २०६७ साल भाद्र १० गतेबाट चमेलीदेबी बिग बजार प्रा.लि. को नाममा ब्यबसायीक सटर निर्माण गरी भाडामा लगाएका केही ब्यक्तिहरुको दादागिरी शैलीले गर्दा अहिले आम ब्यबसायीहरु आंतकित बनेका हुन् ।
घरधनीको रुपमा रहेका ति ब्यक्तिहरुले यस्तो महामारी पछी भरर्खर शुरु हुन लागेको ब्यबसायीहरुलाई तत्काल भाडा नतिरेमा सटर खाली गर भन्दै धम्क्याउने गरेको पिडीत ब्यबसायीहरुको गुनासो छ । पिडीत ब्यबसायीहरुका अनुसार आफुहरुबाट शुरुमै सटर बुकिगं गर्दै प्रति सटर एक लाख पचास हजारका दरले एडभान्स समेत लिएको अवस्थामा यस्तो महामारीको बिचमा यसरी जर्बजस्ती भाडा माग्ने भईरहेको भन्दै यस्तो कार्य तत्काल बन्द हुनुपर्ने माग गरे ।
केही महिना अझै ब्यापार राम्रो नहुने देखिएकाले अहिले भाडा दिने अवस्था नरहेको जानकारी गराँउदा गराँउदै पनि घरधनी बनेकाहरुले बिजुलीको लाईन काटिदिने र भाडा तिर्न ढिला गर्ने हो भने सटर खाली गर भन्दै धम्क्याउने गरेको दुखेसो पोख्दै यस्तो अन्याय अन्त्य हुनुपर्ने भन्दै समाजसेवी पियाको जग्गामा राज गर्नेहरुको आतंक कहिले सम्म भन्ने प्रश्न गरे ।
ब्यापक कर छलीको आंशका, बिजुलीमा कालाबजारी।
समाजसेवी पियाको जग्गामा बनेको चमेलीदेबी बिग बजार प्रा.लि. को नाममा स्थापना भएको कम्पनि कर छल्नकै लागी कम्पनी खारेज गरी चमेलीदेबी बिग बजार प्रा.लि. को सट्टा प्रोपाईटरशिपमा आधारित बिग बजार कायम गरिनुले कर छलीको आशंका बढेको एक गोप्य श्रोतको दाबी छ । श्रोतका अनुसार १५० वटा सटरबाट एक लाख पचास हजारको दरमा उठाईएको एडभान्स रकम बिना ब्याज ब्यबसायीबाट चलायनु तर सो रकम कम्पनिमा हिसाब नदेखाई कर छली गरेको श्रोतको दाबी छ । त्यस्तै प्रति युनिट बिजुलीको चार्ज रु २५ लिईएको छ, जुन सरासर कालाबजारी हो श्रोतले भन्यो ।
अबैध लागुऔंषधको ट्रान्जिट
यस मार्केट भित्र बिगत लामो समयदेखि अबैध लागु औंषध गाँजा, चरेश, ट्याब्सको सेवनकर्ता एवं कारोबारकर्ता र सुई हान्नेहरुको समेत जमघट हुने गरेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार मार्केटभित्र लागुऔंषध प्रयोगकर्ता र कारोबारीहरुको उपस्थिती बाक्लीदै गएपछी त्यस बजारमा प्रहरीको समेत नजर परिसकेको छ । त्यस्तै, केही सटरहरुमा गोप्य रुपमा जुवा र आईपियल बुग्गीबाजहरुको अबैध कारोबार समेत बढेको श्रोतको दाबी छ । साँघु न्युजबाट

images
images

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०९:००:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology