मुग्लिन, १९ जेठ । चितवनको इच्छाकामना ५ मुग्लिनमा ६० जनाले रक्तदान गरेका छन् । नेपाल तरुण दल इच्छाकामनाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान नै जीवनदान हो भन्ने मुलनाराका साथ कोरोना महामारीको समयमा रगत अभाव भइरहेकोले केही कम गर्न सहयोग पु-याउने उदेश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक रविकुमार थापाले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल तरुण दल इच्छाकामनाका अध्यक्ष जीवन सिलवालको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
