काठमाण्डौं, १२ कार्तिक
भारतमा कोरोना भाइरस सक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको हो।
त्यस्तै कोरोना कै कारण ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको हो। संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ११ हजार ६०५ जनाको उपचार भइरहेको छ ।