भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डले कक्षा १२ को परिक्षा रद्ध गर्ने निणर्य गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बोर्डको बैठकले कक्षा १२ को परिक्षा रद्ध गर्ने निणर्य गरेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि यो निणर्य लिएको बताउनुभएको बिबिसी हिन्दीले लेखेको छ । बोर्डले कोरोनाको कारण परिक्षा हुने निश्चित नभएकाले सरोकारवालाकोे छलफलबाट यो निर्णय लिएको जनाएको छ ।
अबकक्षा १२ का विद्यार्थीहरुको परिक्षाको नतिजा विद्यार्थीहरुको आन्तरीक मुल्याङ्कनका आधारमा गरिने बताइएको छ । परिक्षा रद्ध गर्ने माध्यमिक शिक्षा बोर्डको निणर्यलाई दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले समेत स्वागत योग्य बताउनुभएको पनि बिबिसीले उल्लेख गरेको छ ।