काठमाण्डौ, १९ जेठ । काठमाडौं उपत्यकामा भोली देखि खाद्यान्न पसल र ठुला आयोजना निमार्ण कार्य खुला गरिने भएको छ । खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने छलफल भएपनी आधिकारीक निणर्य भने नभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सीआईएनलाई जानकारी दिनुभयो ।
आज १० बजे पछी उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरु बैठक बसेर पसलहरु कुन मापदण्डमा खोल्ने र कुन समयमा खोल्ने भन्ने विषयमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै ठुला आयोजना निमार्णका लागि आवश्यक सवारी साधनलाई रातीमा चल्ने दिइने गरी छलफल भएको छ । काठमाडौ उपत्यकाका प्रशासनले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ। अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक सवारी साधन भने खुल्ने छैनन्।