Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

दरबार हत्याकाण्डको २० वर्ष पुरा 

दरबार हत्याकाण्डको २० वर्ष पुरा 

images

इच्छाकामना न्युज

१९, जेठ २०७८
दरबार हत्याकाण्डको २० वर्ष पुरा 
images

काठमाण्डौ, १९ जेठ । तत्कालीन राजाविरेन्द्र शाहको बंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवार भित्रै तत्कालीन राजा वीरेन्द्र सहितरानी ऐश्वर्य, युवराजदीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोलीप्रहार गरी हत्या भएको थियो ।

दरबारमा भएको पारिवारिक जमघटका अवसर पारी उक्त हत्याकाण्ड भएको थियो । उच्च सुरक्षा घेरा भित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

हत्याकाण्ड पछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहले हत्का गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन उल्लेख गरिएको थियो  ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - ०९:५२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology