Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोरोनाको सङ्क्रमण बिस्तारै कम हुँदै 

भारतमा कोरोनाको सङ्क्रमण बिस्तारै कम हुँदै 

images

एजेन्सी

१८, जेठ २०७८
भारतमा कोरोनाको सङ्क्रमण बिस्तारै कम हुँदै 
images

भारतमा सङ्क्रमितको दैनिक वृद्धि दरमा कमी हुँदै गएको छ । डेढ महिना अघि सम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजार ६९८  जनामा सङ्क्रमण भएको छ ।

आज पनि यो संख्या हिजोको तुलनामा २६ हजारले कम हो ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  सङ्क्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

भारतमाआज मृतकको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी सङ्क्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ७८२ मा झरेको छ ।  भारतमा कोरोना सङ्क्रमितको मृतक संख्या ३ लाख ३१ हजार ९०९ पुगेको छ ।  

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २१:५४:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology