काठमाण्डौ, १८ जेठ । नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिम सम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिम सम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टी एकताका लागि लचिलो भएर अन्तिम सम्म प्रयास गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेतामात्रै सहभागी थिए ।
यसअघि एमालेको बैठकले नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यससंगै एमालेको एक हुने संभावना कम देखिएको छ । तर पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने ज्ञवालीले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।