काठमाण्डौ, १८ जेठ । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।
४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा हिजो कोरोना भने नेगेटिभ आएको थियो । थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।