Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यस वर्षपनि एसईईको आन्तरिक मूल्याङ्कन विधि अनुसार नै नतिजा सार्वजनिक गर्ने तयारी 

यस वर्षपनि एसईईको आन्तरिक मूल्याङ्कन विधि अनुसार नै नतिजा सार्वजनिक गर्ने तयारी 

इच्छाकामना न्युज

१७, जेठ २०७८
यस वर्षपनि एसईईको आन्तरिक मूल्याङ्कन विधि अनुसार नै नतिजा सार्वजनिक गर्ने तयारी 
images

काठमाण्डौ, १७ जेठ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

images
images

उहाँले मन्त्रालयको बैठकले आन्तरिक मूल्याङ्कन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रीपरिषदलाई पठाउने निर्णय गरिएको बताउनुभयो । गत वर्ष पनि कोरोना महामारीका कारण विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २१:०७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology