Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलीसम्मलाई स्थगित

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलीसम्मलाई स्थगित

images

इच्छाकामना न्युज

१७, जेठ २०७८
आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलीसम्मलाई स्थगित
images

काठमाडौं, १७ जेठ । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ ।

आज विहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिए ।

बैठक भोली (मंगलबार) बिहान १० बजे बालुबाटारमा बस्ने तामाङ्ले जानकारी दिए । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आइतबार साँझ ५ बजेलाई बैठक बोलाइएको थियो ।

तामाङका अनुसार बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदहरुसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको बताइएको छ ।

त्यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - ०९:२१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology