Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वर्षाले बाटो बिगारेपछि मोटरसाईकलमै कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउदै बेनिघाट रोराङ १० का तरुण दल संयोजक श्रेष्ठ

वर्षाले बाटो बिगारेपछि मोटरसाईकलमै कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउदै बेनिघाट रोराङ १० का तरुण दल संयोजक श्रेष्ठ

इच्छाकामना न्युज

१५, जेठ २०७८
वर्षाले बाटो बिगारेपछि मोटरसाईकलमै कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउदै बेनिघाट रोराङ १० का तरुण दल संयोजक श्रेष्ठ
images

धादिङ, १५ जेठ । केही दिन यताको लगातार बर्षाका कारण आएको बाढी पहिरोले यति बेला गाउँका ग्रामिण सडकहरु बिग्रिएका छन् । सडक बिग्रिदाँ विशेष गरि कोरोनाका विरामीहरुलाई अस्पताल सम्म लैजान समस्या परेका छन् । गाउँमा चार पांग्रे सवारी साधन जान नसक्दाँ समस्यामा परेका हुन् ।

images
images

बर्षाका कारण विगत तीन दिनदेखि धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान नसक्दा दुई जना कोरोनाका विरामी अलपत्र परेका थिए ।उनिहरुलाई शनिबार एक युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

धादिङको बेनीघाट रोराङ १० का तरुण दलका संयोजक समेत रहेका सागर श्रेष्ठले जयपुरीका सीत अधिकारी र शिशिर अधिकारीलाई आफ्नो मोटरसाइकल मार्फत चौकीटार सम्प पु–याइदिएका हुन् । बिग्रिएको जोखिम सडकमा आफ्नो ज्यानको बाजी राखेर मोटरसाइकल मार्फत कोरोनाका विरामीलाई उद्धार गरेकोले यतिबेला उनको कामको सबैले प्रशंसा गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - २१:०१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology