Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङको रेडियो चौतारी आजबाट १० औं वर्षमा प्रवेश 

लमजुङको रेडियो चौतारी आजबाट १० औं वर्षमा प्रवेश 

इच्छाकामना न्युज

१५, जेठ २०७८
लमजुङको रेडियो चौतारी आजबाट १० औं वर्षमा प्रवेश 
images

लमजुङ, १५ जेठ । लमजुङको रेडियो चौतारी आजबाट १० औंवर्षमा प्रवेश गरेको छ । लमजुङका सञ्चारकर्मी र सामाजिक अभियन्ताले सञ्चालन गर्दै आएको रेडियो चौतारी ९१ थोप्लो ४ मेगाहर्ज स्थापना भएको आज ९ वर्ष पूरा भएर १० औं वर्षमा प्रवेश गरेको छ । रेडियो चौतारीले २०६९ जेठ १५ गते गणतन्त्र दिवसको दिन आफ्नो प्रसारणको आरम्भ गरेको थियो ।

images
images

रेडियोको सञ्चालक संस्था लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष ईश्वरबाबु पाण्डेले रेडियो स्थापना दिवसका अवसरमा सवै स्रोता, सूचना तथा विज्ञापनदाता, सञ्चालक समिति, शेयरधनी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षकबर्ग, विद्यार्थी, व्यवसायी, विकासप्रेमी, सामाजिक अभियान्ता, नागरिक समाज साथै बाबा आमा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै यसबर्ष स्थापना दिवसमा कुनै औपचारिक कार्यक्रम नगरिने तर, रेडियो कोरोनाबाट निधन भएकालाई चीर शान्तिको कामना गर्दै दीपप्रज्वलन गरिने जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०९:२२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology