Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सरकारले चीन र अमेरिकासँग गरि १ करोड डोज कोरोनाविरुद्धको खोप आयात गर्दै 

सरकारले चीन र अमेरिकासँग गरि १ करोड डोज कोरोनाविरुद्धको खोप आयात गर्दै 

images

इच्छाकामना न्युज

१५, जेठ २०७८
सरकारले चीन र अमेरिकासँग गरि १ करोड डोज कोरोनाविरुद्धको खोप आयात गर्दै 
images

काठमाण्डौ, १५ जेठ । सरकारले कोरोनाविरुद्धको खोपका लागि विश्वका ४ मुलुकसँगको पहलमाथि जोड दिएको छ । कोभिड १९ विरुद्धको खोप आयातमा कुटनीतिक प्रक्रियाका लागि भइरहेको पहल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्वका ४ खोप निर्माता कम्पनिसँग कुराकानी भइरहेको बताउनुभयो ।

उहाँले चीनको सिनोफार्म, रुसको स्पुतनिक, अमेरिकाको जोन्सन एण्ड जोन्सन र अमेरिकाको एस्ट्राजेनेकासँग खोपका लागि पहल भइरहेको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले सिनोफार्मबाट ५० लाख र जोन्सन एण्ड जोन्सनबाट ५० लाख खोपका लागि पहल भइरहेको पनि बताउनुभयो । उहाँले खोप खरिद प्रक्रियासम्बन्धी कानूनी प्रावधानले समस्या भएको हुँदा अबको १० देखि १५ दिनभित्र यो विषयमा निस्कर्स निस्कने र खोप खरिद प्रक्रिया सहज हुने हुँदा खोप खरिदमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवालीले सरकारले खोप खरिदका लागि ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको हुँदा त्यसै अनुसारको काम भइरहेको पनि बताउनुभयो । नेपाली जनतालाई खोप लगाउने र जीवन रक्षा गर्ने सरकारको प्राथमिकता रहेकाले सरकारले खोप निर्माता मुलुक र कम्पनीहरुसँग निरन्तर छलफल भइरहेको पनि मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो । 

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०९:१९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology