Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सामुदायिक सूचना नेटवर्क ‘सीआईएन’ १३ औँ वर्षमा प्रवेश 

सामुदायिक सूचना नेटवर्क ‘सीआईएन’ १३ औँ वर्षमा प्रवेश 

images

सिआईएन

१५, जेठ २०७८
सामुदायिक सूचना नेटवर्क ‘सीआईएन’ १३ औँ वर्षमा प्रवेश 
images

काठमाण्डौ, १५ जेठ । मुलुकभरका सामुदायिक रेडियोहरूको नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन) आजबाट १३ औँ वर्षमा प्रवेश गरेको छ । देशभरिका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउने उद्देश्यले २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सीआईएनको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै सामुदायिक रेडियो प्रसारक सङ्घ  (अकोराब) का अध्यक्ष अर्जुन गिरीले नेपालका सामुदायिक रेडियोको क्षमता विकासका लागि सीआईएनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा रेडियोकर्मीहरूको हितका लागि अझ जिम्मेवार भएर अघि बढ्न सफलताको शुभकामना दिनुभएको छ । हालसम्मको उपलब्धि उदाहरणीय भएको र यसबाट सूचनाको दोहोरो आदान प्रदानका लागि रेडियोलाई सजिलो भएकोमा जोड दिनुभएको छ ।

भाषा र संस्कृतिको विकासका लागि सीआईएनले स्थापनाकालदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पको समयमा र त्यस पश्चातको समयमा सीआईएनले नागरिक केन्द्रित बिभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आएको छ । देशभरि सञ्चालनमा रहेका ३ सय ७५ भन्दा बढी सामुदायिक रेडियोहरू सीआईएनको प्रसारणसँग जोडिएका छन् ।

यसबीचमा ३५ सय भन्दाबढी स्वयंसेवी सामुदायिक पत्रकारहरू प्रशिक्षित भइसकेका छन्, उनीहरूले आफ्नो गाँउटोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिने गरेका छन् । बुहारी पत्रकार, किशोरकिशोरी पत्रकार, सामुदायिक बालपत्रकार सीआईएनले सुरु गरेका नयाँअभ्यास र विशेषताहरू हुन् ।

हेल्लो सीआइएन मार्फत  सीआईएनको आइभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरूको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुदै गएको छ । यसमार्फत १९ सय ५० भन्दा बढि समस्याहरूको समाधान सीआईएनले गरेको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०९:१७:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology