बारपाक, १४ जेठ । बारपाकमा गएराती अन्दाजी ८२ वर्षिय एक महिलाको मृत्यू भएको छ ।
कोरोना सँग मिल्दोजुल्दो लक्षण भएकी महिलाको उपचारका लागि सदरमुकामको अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको स्थानीय जितबहादुर घलेले बताए ।
केहीदिन अघि उनको छोरीलाई कोरोना पाजेटिभ देखिएको थियो । उनको भने परीक्षण भएको थिएन ।
यो सँगै बारपामा जेठ १ गतेयता मृत्यू हुनेको संख्या १३ पुगेको छ । मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो, रुघाखोकी रहेको स्थानीयले बताएका छन् ।
एक हजार भन्दाबढि स्थानीयमा रुघाखोकी र ज्वरोको समस्या रहेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।