Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट कडाइका साथ लागु हुने 

काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट कडाइका साथ लागु हुने 

images

इच्छाकामना न्युज

१४, जेठ २०७८
काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट कडाइका साथ लागु हुने 
images

काठमाण्डौ, १४ जेठ । काठमाडौँ उपत्यकामा नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा कार्यान्वयनका लागि आजदेखि थप कडाइ गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नगद जरिवाना तथा कैद सजाय हुने गरी जाँचलाई तीव्रता दिइएको उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुनेछ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताउनुभयो । उपत्यकामा कोरोना सङ्क्रमण बढ्नुका कारणमध्ये खाद्य तथा किराना पसल पनि एक भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निष्कर्ष छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई आज जरिवाना लिन सुरु गरिने बताउनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको केही दिनअघिको बैठकले काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०९:४१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology