Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट सुनुवाई हुने 

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट सुनुवाई हुने 

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट सुनुवाई हुने 
images

काठमाण्डौ, १३ जेठ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासबाट सुनुवाई गर्ने भएको छ  । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

आजको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश जबराले सबै १९ वटा रिट संवैधानिक इजलासमा जाने र त्यहीँ बहस हुने बताउनुभयो ।संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ भोलिकाका लागि तोकिएको छ ।

आज सुनुवाइका क्रममा कानुन व्यसयाीहरूले संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका थिए। उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका हुन्।

गत पुस ५ गते संसद् विघटन भएपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा समेत बृहत् पूर्ण इजलास गठनको माग उठेको थियो।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २०:३७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology