Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा लगातार दोस्रो दिन ७ हजारभन्दा कममा कोरोना सङ्क्रमण पुष्टि 

नेपालमा लगातार दोस्रो दिन ७ हजारभन्दा कममा कोरोना सङ्क्रमण पुष्टि 

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
नेपालमा लगातार दोस्रो दिन ७ हजारभन्दा कममा कोरोना सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, १३ जेठ । नेपालमा लगातार दोस्रोदिन ७ हजारभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ९ सय ९२ कोरोना परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २० हजार ४ सय १४ आरटी पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टीजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । यस्तै नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण थपिनेको तुलनामा निको हुने दर सुधार हुँदै गएको छ ।

गत २४ घन्टामा देशभर ७ हजार २ सय २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७७ दशमलव २ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप १ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २०:३२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology