Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चीन र नेपालका राष्ट्रपति बीच टेलिफोन संवाद 

चीन र नेपालका राष्ट्रपति बीच टेलिफोन संवाद 

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
चीन र नेपालका राष्ट्रपति बीच टेलिफोन संवाद 
images

काठमाण्डौ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोनाभाइरस विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ । आज दुई राष्ट्रपति बीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो दायित्व बनेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।  नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न आफू इच्छुक रहेको भन्दै उहाँले यस प्रक्रियामा सहजीकरण गरिदिन चीनियाँ राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।  

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रही आएको  र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology