कुरिनटार, १२ जेठ । लक्ष्मणबाबु मेमोरियल ट्रष्टले चितवन र गोरखाका ६ वटा स्वास्थ्य संस्थालाई आठ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सहयोग सामाग्रीले हाल स्थानीयस्तरमा बढ्दै गएको कोभिड–१९ का बिरामीको उपचारमा सघाउ पुग्ने अपेक्षा गरिएको ट्रष्टले जनाएको छ ।
चितवनका इच्छाकामना स्वास्थ्य चौकी, मुग्लिन हाइवे हस्पिटल, गोरखाका मनकामना हेल्थ पोष्ट, घैरुङ अस्थायी कोभिड अस्पताल, बुङकोट हेल्थपोष्ट, माइमनकामना कोअपरेटिभ अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो। कोभिड अस्पताल र आइसोलेसन सेन्टरलाई २ र २ वटा र अन्य स्वास्थ्य संस्थालाई एकरएकवटा अक्सिजन कन्सन्ट्रेटर दिइएको लक्ष्मणबाबु मेमोरियल ट्रष्टले जनाएको छ।
कम्पनिको तर्फबाट प्रशासन प्रमुख श्री शशी श्रेष्ठले सम्बन्धित स्वास्थ्य संस्था, अस्पताल, आइसोलेसन सेन्टर र स्वास्थ्य चौकीका प्रतिनिधिहरूलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
लक्ष्मणबाबु मेमोरियल ट्रष्ट मनकामना दर्शन प्रा.लि (मनकामना केबुलकार) को कल्याणकारी संस्था हो ।