Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः  अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने 

आजको मौसमः  अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने 

इच्छाकामना न्युज

११, जेठ २०७८
आजको मौसमः  अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने 
images

चितवन, ११ जेठ । आज देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली हुने भएको हो ।

images
images

अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । भोलिसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसमविदले बताएका छन् । उक्त चक्रवातको केही असर नेपालमा पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन पनि मौसमविदले आग्रह गरेका छन् । 

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०९:२६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology