Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पुनर्गठन 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पुनर्गठन 

images

इच्छाकामना न्युज

११, जेठ २०७८
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पुनर्गठन 
images

काठमाण्डौ, ११ जेठ । सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेको छ । अध्यादेशमार्फत सीसीएमसीको पुनर्गठन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहनेछ । यसअघि सीसीएमसीको नेतृत्वमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएको थियो । पाखेरेल अब सीसीएमसीको सदस्य रहनुहुनेछ ।

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने पूर्वरथी बालानन्द शर्मानियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०९:२३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology