Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मुग्लिन हाईवे हस्पिटललाई प्रदेश सांसद गीता वाग्लद्वारा ५ थान अक्सिजन सिलिण्डर प्रदान

मुग्लिन हाईवे हस्पिटललाई प्रदेश सांसद गीता वाग्लद्वारा ५ थान अक्सिजन सिलिण्डर प्रदान

इच्छाकामना न्युज

१०, जेठ २०७८
मुग्लिन हाईवे हस्पिटललाई प्रदेश सांसद गीता वाग्लद्वारा ५ थान अक्सिजन सिलिण्डर प्रदान

मुग्लिन, १० जेठ । मुग्लिन बजारमा रहेको मुग्लिन हाईवे हस्पिटललाई बागमती प्रदेशका प्रदेश सभा सदस्य सांसद गीता वाग्लेले अक्सिजन सिलिण्डर सहयोग गरेको छ। सांसद वाग्लेले हस्पिटललाई  ९५ हजार बराबरको ५ थान ठूलो अक्सिजन सिलिण्डर र १ थान ट्रली सहयोग गरेको हो।

images

हस्पिटलले संचालनमा ल्याएको निःशुल्क आईसोलेसन वार्डको लागि सांसद गीता वाग्लेले आमा खुवाउने औसीको अवसरमा अष्ट्रेलियामा रहेका छोरी रञ्जु वाग्ले थापा र छोरा सुगन्ध थापाले उपहार स्वरुप पढाएको रकमबाट स्वास्थ्य सामग्री खरिद गरी हस्पिटलका अध्यक्ष राम बहादुर लामालाई हस्तान्तरण गरेको हो।

यसैगरी चितवनको ईच्छाकामना गा.पा. वडा नं ५ मुग्लिङ निबासी यम प्रसाद सिलवालकी छोरी सन्दिपा सिलवालले आफ्नो जन्मदिनको अवसरमा हस्पिटलले संचालनमा ल्याएको निःशुल्क आईसोलेसन वार्डको व्यवस्थापनका लागि दस हजार पाँच रुपिया हस्पिटललाई सहयोग गरेको छ।

FB_IMG_1621866392811.jpg

चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा अवस्थित मुग्लिङ हाईवे हस्पिटलले नेपालकै सर्बाधिक ब्यस्त राजमार्ग नौबिसे–मुग्लिङ र मुग्लिङ–नारायणगढ राजमार्गमा दैनिक जसो हुने सडक दुर्घटनाका घाईतेहरुलाई आकस्मिक स्वास्थ्य उपचार प्रदान गर्नुका साथै चितवनको ईच्छाकामना गाउँपालिका बासिन्द र मुग्लिङ वरपर रहेका सीमाबर्ती ईलाकाहरु तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका, गोरखा जिल्लाको शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका बासिन्दाहरुलाई समेत नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गरीहेको कुरा हस्पिटलका मेडिकल अफिसर डा. आनन्द प्रसाद आचार्यले जानकारी दिए।

हाल सो हस्पिटलले त्रिवि, टिचिङ हस्पिटलको सहकार्यमा टेलिमेडिसिन बिधिद्धारा बिशेषज्ञ चिकित्सकहरुबाट समेत नियमित परामर्श सेवा दिईरहेको छ।

कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि डेडिकेटेड ज्वरो क्लिनिकका साथ २४ घण्टा नै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहने गरी १० बेडको निःशुल्क आईसलोलेसन वार्ड समेत तयार गरी कोभिड बिरामीहरुलाई सेवा पुर्‍याइरहेको छ।

केहि दिनमै ४० बेड थप गरी आईसोलेसन वार्ड बिस्तार गरीन लागेको कुरा हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनु भयो।

 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - २२:१८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology