Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अक्सिजन प्लान्टका लागि बजेट गयो, काम भने सुस्त 

अक्सिजन प्लान्टका लागि बजेट गयो, काम भने सुस्त 

images

सिआईएन

१०, जेठ २०७८
अक्सिजन प्लान्टका लागि बजेट गयो, काम भने सुस्त 
images

सुशीला श्रेष्ठ, काठमाडौँ, १० जेठ । नोबेल कोरोना भाइरसको दोस्रो लहर भित्रिएसँगै नेपालमा भएको अक्सिजनको अभावटार्नका लागि सरकारले अस्पतालहरूलाई अक्सिजन प्लान्ट स्थापनाका लागि रकम पनि पठाइसकेको छ, तर अस्पतालहरू भने १ देखि २ हप्ता अझैँ अक्सिजन प्लान्ट स्थापनाका लागि समय लाग्ने बताउँछन् ।

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान लागि अर्थ मन्त्रालयले १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । अस्पतालले २ दिन अघि यो जानकारी पाउँदा अक्सीजन प्लान्ट जडानको काम सुरु भइसकेको थियो । अवको एक हप्ताभित्रै  काम सकिने बताउनुहुन्छ, अस्पताल प्रमुख सन्दीप कुमार ओखडे । बझाङ मात्रै होइन, १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि २ दिनअघि अर्थमन्त्रालयले थप १७ करोडभन्दा धेरै रकमको सहमति दियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ५ करोड १२ लाखभन्दा धेरै बजेट छ । तर अक्सीजन प्लान्ट निमार्णको लागि हप्ता दिनको समय दिएर टेण्डर आब्हानको तयारी हुँदैछ भन्नुहुन्छ प्रतिष्ठानका उपकुलपति मंगल रावल । १ हप्ताअघि मन्त्रालयले नै २६ वटा केन्द्रीय र ९ वटा प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट लगायतका उपकरण खरिदका लागि २ अर्ब ९५ करोडभन्दा धेरै रकम खर्चका लागि सहमति दिएको   थियो ।

कतिपय अस्पतालमा खरिद प्रक्रिया नै सुरु भएको छैन । चितवनको भरतपुर अस्पतालका प्रवक्ता डाक्टर युवा निधि वसौलाले खरिदको तयारी भएको जानकारी दिनुभयो ।  कोरोना महामारीसँग जुध्न आवश्यक पर्ने उपकरण जडानका लागि केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पतालले १ अर्ब ३६ करोडभन्दा धेरै र जिल्लाका १२ वटा अस्पतालले अक्सिजन पाइप तथा प्लाण्ट निर्माण गर्न१६ करोड ८० लाख रुपैयाँको सहमति पाइसकेको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता दुई दर्जन भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको प्रकृया सुरु भएको छ । बाँकेको भेरी लगायतका केही अस्पतालले जडानपछि अक्सिजन उत्पादन सुरु गरे पनि बाँकी अस्पतालमा जडानको कामले नै गति लिन नसकेको सम्बन्धित निकायको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०९:३३:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology