Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा आज एकैदिनमा ५२ जना कोरोना संक्रमित थपिए 

गोरखाको शहिद लखन गाउँपालिकामा आज एकैदिनमा ५२ जना कोरोना संक्रमित थपिए 

गाउँपालिकाको मनकामना क्षेत्रमा २३ जना, ताक्लुङ क्षेत्रमा १० जना र बक्राङ क्षेत्रमा १९ जना थपिए

गोरखाको शहिद लखन गाउँपालिकामा आज एकैदिनमा ५२ जना कोरोना संक्रमित थपिए 
images

घैरुङ, ९ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा आज एकैदिन ५२ जना कोरोन संक्रमित थपिएका छन्। केहि दिन अघि कोरोना परिक्षणका लागि स्वाव संकलन गरि पठाईएका ९३ जनाको नमुनामा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

images
images

पछिल्लो समय रिपोर्ट आएका मध्य सबैभन्दा बढि मनकामना आसपासका क्षेत्रका रहेका छन्। वडा नं. २ अन्तर्गत पर्ने मनकामना हेल्थपोष्टबाट संकलन गरिएको ३८ जनाको रिपोर्टमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार २३ जना मध्य १२ जना महिला र ११ जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । साथै ३ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो।

यस्तै गाउँपालिकाको वडा नं. ४ मा रहेको ताक्लुङ हेल्थपोष्टमा संकलन गरिएको २२ जनाको नमुना मध्यक्ष १० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ। उक्त वडामा पोजेटिभ देखिएको नमुनामा ३ महिला र ७ पुरुष रहेका छन्।

यसैगरी वडा नं. १ अन्तर्गत बक्राङबाट संकलन गरिएको ३३ जनाको नमुनामा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमध्य ७ जना महिला र १२ जना पुरुषको रिपार्ट पोजेटिभ आएको हो। 

अहिलेसम्म शहिद लखन गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या १ सय ९४ पुगेको छ। जसमध्य ९ जनाको मृत्यु भैसकेको छ भने ६६ जना निको भएर घर फर्किसकेका छन्।

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - २२:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology