भुम्लिचोक, ९ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा आज १८ जना कोरोना संक्रमित थपिएका छन्। गाउँपालिकाले नियमित कोरोना अपडेट मार्फत सो कुराको पुष्टि गरेको हो।

आज थपिएका कोरोना संक्रमितहरुमा ९ जना महिला र ९ जना पुरुष रहेका छन्। यो सँगै गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या ७९ जना पुगेको छ।