Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन 

भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन 

images

एजेन्सी

९, जेठ २०७८
भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन 
images

भारत सरकारले कोरोनाको भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको B.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकोले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो ।

कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ । जस्तो कि ब्रिटानी भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो । पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन भनेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ कि कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको छ ।

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १०:१७:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology