Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सङ्कटमा रहेका सामुदायिक रेडियोलाई सहयोग गर्न प्रदेश सरकारसँग माग 

सङ्कटमा रहेका सामुदायिक रेडियोलाई सहयोग गर्न प्रदेश सरकारसँग माग 

images

सिआईएन

९, जेठ २०७८
सङ्कटमा रहेका सामुदायिक रेडियोलाई सहयोग गर्न प्रदेश सरकारसँग माग 
images

जनकपुर, ९ जेठ । प्रदेश नं २ का सामुदायिक रेडियोहरूले कोभिडको समयमा रेडियोहरु ठूलो सङ्कटमा रहेकाले सहयोग गर्न प्रदेश सरकारसँग माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघले गरेको प्रदेश नं २ का सामुदायिक रेडियो र सरकारका प्रतिनिधिबीच गरेको छलफलमा सामुदायिक रेडियो प्रसारकहरूले सामुदायिक रेडियोले सूचना प्रवाहमा ठूलो योगदान गरे पनि सरकारले सामुदायिक रेडियोलाई सहयोग गर्न नसकेको बताएका हुन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई अहिलेको सङ्कटमा राहत दिनको लागि बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं २ का अध्यक्ष मनोज यादवले सरकारले सामुदायिक रेडियोलाई प्राविधिक सहयोग गर्नुपर्ने बताउनुभयो ।

आमसञ्चार प्राधिकरण प्रदेश नं २ का अध्यक्ष श्याम सुन्दर यादवले मधेशका रेडियोहरूले मधेशमा सचेतना फैलाउन र भाषा संरक्षणमा योगदान गरेको टिप्पणी गर्नुभयो । यादवले रेडियोका लागि मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयबाट बजेट छुट्याउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रेडियोको सवलीकरण र रेडियोकर्मीको क्षमता विकासका लागि आमसञ्चार प्राधिकरणले कार्यक्रमल्याउने प्रतिवद्धता पनि अध्यक्ष यादवले व्यक्त गर्नुभयो ।

सीआईएन र सामुदायिक रेडियोहरुसँग भाषाको कार्यक्रमहरु प्रसारण गर्नको लागि कार्यक्रम ल्याउने उहाँको भनाइ थियो । राज्यको अभियानमा सामुदायिक रेडियोले अग्रमोर्चामा सघाइरहेको तर सरकारले सामुदायिक रेडियोसँग सहकार्य गर्न नचाहेको सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजंग थापाले बताउनुभयो ।

संघका पूर्व महासचिव गोविन्द देवकोटाले राज्यले गरेका लोककल्याणकारी विषयलाई जनतामाझ लैजाने सामुदायिक रेडियोभन्दा कमिसन दिने निजी सञ्चारमाध्यमलाई सरकारले सहयोग गरिरहेको धारणा राख्नुभयो । संघका उपाध्यक्ष निमेश कर्णले प्रदेश सरकारलाई पटकपटक सामुदायिक रेडियोले ज्ञापन र माग पत्रबुझाए पनि सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । 

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १०:१०:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology