दाहाखानी, ८ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित दाहाखानीमा वर्षेनी विजया दशमीको अघिल्लो दिन (नवमी)मा लाग्ने भिमसेन मेला यस वर्ष नहुने भएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण यसवर्ष भिमसेन मेला नहुने भएको हो।
कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष मेला स्थगित गरिएको भिमसेन युवा क्लवका अध्यक्ष एकलाल मगरले जानकारी दिनुभयो। अध्यक्ष मगरका अनुसार क्लवले वर्षेनी भिमसेन मेला व्यवस्थित रुपमा सञ्चालन गर्ने गरिन्थ्यो।
यस वर्ष मेला स्थगित भएपनि मन्दिरमा बलि पुजा भने हुने उहाँले बताउनुभयो।