Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न खेलकुद परिषदको निर्देशन 

नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न खेलकुद परिषदको निर्देशन 

images
नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न खेलकुद परिषदको निर्देशन 
images

काठमाण्डौ, ८ जेठ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ । परिषदले हिजो संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।

कोरोनाको महामारीको कारण गरिएको बन्दाबन्दीलाई मध्येनजर गर्दै राखेपको पूर्व स्वीकृति नलिई गर्न लागिएको साधारणसभा अर्को निर्देशन प्राप्त नभएसम्म स्थगित गर्न पत्रमा भनिएको छ ।

‘परिषदको पूर्व स्वीकृति नलिई गर्न लागिएको त्यस संघको साधरणसभा राष्ट्रिय खेलकुद विकास ऐन २०६६ को दफा २८ (ङ) को बमोजिम परिषदबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरि सो जानकारी राखेपलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ,’ राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेलले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।

बक्सिङ संघले गत वैशाख ३० गते साधारणसभाका लागि सूचना निकालेको थियो । सूचना अनुसार साधारणसभा जेठ २० गते बोलाईएको थियो । संघले कोरोनको कारण साधारणसभा भर्चुअल हुने बताएको थियो । तर, सोही संघको साधारणसभा परिषद्लाई जानकारी नै नदिई गर्न लागिएको भन्दै राखेपले रोक्न निर्देशन दिएको हो ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०९:०४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology