भारतमा कोरोना भाइरसको सङ्क्रमण दर तुलनात्मक रुपमा कम हुँदै गएको छ । बिगतका केही दिनयता भारतमा सङ्क्रमति हुनेहरुको दर घटिरहेको हो । तर पछिल्लो केही दिनयता घट्दो क्रममा रहेको छ । तर मृत्यु हुने दर भने घटेको छैन ।
पहिले नै सङ्क्रमित भएकाहरुको अवस्थागम्भिर भएका कारणले मृत्यु हुनेहरुको सङ्ख्या नघटेको चिकित्सकहरुले बताएका छन् । कोरोना सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार २६९ जनानयाँ सङ्क्रमित थपिएका छन् ।
हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ६५ पुगेको छ । भारतमा हालसम्म कुल सङ्क्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय सङ्क्रमित रहेका छन् ।