Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत 

इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत 

images

एजेन्सी

७, जेठ २०७८
इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत 
images

इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन्  । बीबीसीका अनुसार आज बिहानदेखि संघर्षविराम लागू भएको छ ।

पछिल्लो द्वन्द्वमा १सय जना बालबालिका र महिलासहित कम्तीमा २ सय ३२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलतर्फ २ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले अहिलेसम्म करिब ४ हजार रकेट प्रहार गरेको थियो । इजरायली सेनाले पनि सयौँ हवाई आक्रमण गर्दै गाजामा रहेका भौतिक संरचना ध्वस्त बनाएको थियो ।

गएराति इजरायली मन्त्रिपरिषद्ले ‘आपसी समझदारी र बिनासर्त’ संघर्षविराम गर्न अनुमति दिएको थियो । हमासका अधिकारीले पनि स्थानीय समयअनुसार आज बिहान २ बजेदेखि संघर्षविराम सु्रु भएको बताएका छन् ।

यसअघि बिहीबार हमासका राजनीतिक अधिकारी मूसा अबु मार्जुकले लेबनानी टेलिभिजन मायादीन टीभीसँगको कुराकानीमा एक दुई दिनमै संघर्षविराम हुने बताएका थिए ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ०९:४८:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology