Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

संक्रमितलाई वितरण गर्न रोटरी क्लवले दियो शहिद लखन गाउँपालिकालाई हाइजेनिक किट 

संक्रमितलाई वितरण गर्न रोटरी क्लवले दियो शहिद लखन गाउँपालिकालाई हाइजेनिक किट 

images
संक्रमितलाई वितरण गर्न रोटरी क्लवले दियो शहिद लखन गाउँपालिकालाई हाइजेनिक किट 
images

गोरखा, ६ बैशाख । रोटरी क्लव अफ गोरखाले गाउँपालिका भित्रका कोरोना संक्रमितहरुलाई बितरण गर्ने गरी शहिद लखन गाउँपालिकालाई हाइजेनिक किट हस्तान्तरण गरेको छ । क्लबले बिहिबार एक कार्यक्रम गर्दै गाउँपालिकालाई उत्त सामाग्री हस्तान्तरण गरेको हो ।

पालिका भित्र होम आइसोलेशनमा बस्नेहरुलाई बितरण गर्ने गरी क्लबका अध्यक्ष एवं शहिद लखन गाउँपालिका ८ का वडाध्यक्ष काशीनाथ अंगाईले पालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्रकुमार श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । क्लबले पालिकालाई टुथपेष्ट, ब्रस, चप्पल, लुगाधुने साबुन, काईयो, नेटकटर, झुल, फेस टावल १००र१०० थान प्रदान गरेको अध्यक्ष अंगाईले जानकारी दिनुभयो ।

५० महिला र ५० पुरुषलाई पुग्ने गरि दिएको उत्त सामाग्री बाहेक पनि नुहाउने साबुन ३०० थान, मास्क १००० थान, स्यानिटाईजर १० लि।, ट्वाईलेट पेपर २०० थान र ५० थान स्यानिटरी प्याड रहेको पालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ११:३८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology