Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

images
कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने
images

काठमाडौं, ५ जेठ । कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।

हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए। उनले भने, ‘हाल उत्पादनका लागि अनुमति दिएका हौँ। बजार बिक्रिका लागि भने अनुमति पाइसकेको छैन। औषधि उत्पादनको प्रक्रियामै छ। त्यो प्रक्रिया पुरा भएपछि बजार बिक्रिका लागि पनि अनुमति दिन्छौँ।’

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - २१:४५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology