कुरिनटार, ५ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमणका बिरामीहरु बढ्दै जान थालेको छ। आज मात्र इच्छाकामना गाउँपालिकाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरुमा गाउँपालिकाको वडा नं. ४ र ७ का २३, २५, ३०, ३०, ३१, ३६, ४०, ४२ र ४४ वर्षका पुरुष रहेका छन्।