कुरिनटार, ५ जेठ । केही महिना अघि मात्र स्थापना गरिएको जन्मदिन कोष ईच्छाकामना गरिव दुःखीहरुको साहरा बन्दै आएका छन्। जहाँ आपत् विपत् परेको छ त्यहाँ सबै भन्दा अगाडी पुग्ने गरेको छ “जन्मदिन कोष ईच्छाकामना ।”
यस अघि हावाहुरीका कारण विचल्ली परेको तीन परिवारलाई आर्थिक सहयोग गरेको जन्मदिनकोषले आज पनि एक चेपाङ परिवारलाई सहयोग गरेका छन्। घरमुलीको मृत्युभएपछि विचल्लीमा परेका चितवनको इच्छाकामना ३ धुषाका चन्द्र बहादुर चेपाङको परिवारलाई ९० किलो चामल तेल १ पोका नुन १ प्याकेट, आलु ३ किलो सोयाविन २ प्याकेट दाल १ किलो सहयोग गरेका हुन्। वडाध्यक्ष गोवर्धन अधिकारीको उपस्थितिमा सहयोग गरेका हुन्।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका चितवनको इच्छाकामना ३ धुषाका चन्द्र बहादुर चेपाङको मृत्यु भएपछि परिवार विचल्लीमा परेका हुन्। केही दिन अघि नै लडेर विरामी परेका चेपाङको जेठ ३ गते मृत्यु भएको हो। लडेर चोटपटक लागेपछि उपचार पश्चात घरमा आराम गरिरहेका उनको मृत्यु भएको हो।
स्थानीयका अनुसार उनको घरमा खाद्यान्न नभएपछि दैनिक विहान बेलुका छाक टार्न समेत मुश्किल छन्। लकडाउनसंगै दैनिक ज्याला दारी समेत गर्न नपाएपछि उनको परिवारले जाउलोको भरमा छाक टार्दै आएका थिए। अहिले घरमुलीको चन्द्र बहादुरकै मृत्यु भएपछि परिवार विचल्लीमा परेका छन्। उनको श्रीमती चार छोरा गरि पाँच जनाको परिवार छन्।
इच्छाकामना गाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरि स्थापना गरिएको यस‘ “जन्मदिन कोष ईचछाकामाा”मानव सेवाको पर्याय बनेका छन्।
दुःख पीडामा परेका असहाय विपन्नहरु सम्म सहयोग पुग्ने गरेकाले जन्म दिनकोष ईच्छाकामनामा सहयोग गर्नेहरु पनि बढ्दै गइरहेको कोषका अध्यक्ष प्रताप गुरुङ बताउनुहुन्छ। इच्छाकामना गाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जन्मदिन कोषले सहयोग गरिरहेको गुरुङले बताउनुभयो।
जन्मदिनको अवसरमा फजुल खर्च गर्न चन्दा जन्मदिनकोषमा सहयोग गर्नु नै मानव धर्म हुने भन्दै सहयोग गर्नेहरु बढेका हुन् । यस जन्मदिन कोषमा सहयोग गर्नु नै दुख पीडामा परेका असाह्य विपन्नहरुलाई सहयोग गर्नु भएकाले आत्मसन्तुष्टि मिलेको उनिहरु बताउँछन् ।