इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
यो नतिजाले चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै रहेको छ । चेल्सीको ६७ अंक रहेको छ भने चौथो स्थानमा रहेको लेस्टरको ६६ अंक रहेको छ । चेल्सीलाई जिताउनका लागि एन्टोनियो रुडिगर र फ्रिलो जर्गिन्होले एक एकगोल गर्दा लेस्टरकाकलिची इहेनाचोले एक गोल फर्काएका थिए ।
प्रिमियर लिग अन्तर्गत गयराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र रेलिगेशनमा परिसकेको फुलह्यामले एक–एक गोलको बराबरी खेलेका छन् । इडिसनकाभानीको गोलबाट अग्रतालिएको युनाइटेडले अग्रता जोगाउन सकेन ।
काभानीले युनाइटेडलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । ७६ औंमिनेटमा जोय बार्यनले गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो ।