Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फाइजरको कोभिडखोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने 

फाइजरको कोभिडखोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने 

images

एजेन्सी

५, जेठ २०७८
फाइजरको कोभिडखोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने 
images

युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।

यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ । यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।

फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो । सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो ।

यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्ष बीचका बालबालिका समेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १०:००:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology