Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४९ जना घाइते

नवलपुरको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४९ जना घाइते

नवलपुरको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४९ जना घाइते
images

नवलपुर, ५ जेठ । पश्चिम नवलपरासी अन्तरगत पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा खसेर दुर्घटना भएको हो ।

images
images

दुर्घटनामा परी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । घाइते सवेको उद्धार गरि सकिएको उनकाे भनाई छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई बुटवल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०९:४९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology