सुमधुर स्वरकी धनी गायिका प्राश्ना लामा र सुमधुर स्वरका धनि लोकप्रिय गायक शितल गुरुङको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ भखरै सार्वजनिक भएको छ ।
टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ भने गितमा कृष्ण राउत शब्द सृर्जना एवम् कर्साङ लामा को रहेको छ ।
हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ ।
शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामाको डान्सिङ फिचर रहेको छ ।गीत अनुसार अन्जली र हेरुकाको जोडी भिडियोमा एकदम सुहाएको देखिन्छ ।
हेर्नुहोस् गितको पुरै म्युजिक भिडियो :