चितवन, ४ जेठ । कोरोना भाईरसको दोस्रो भेरियन्टले आक्रान्त बनिरहेको नेपालमा तेस्रो भेरियन्ट पनि देखा परेको छ। नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट पनि देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित पुष्टि गरेको हो।
मन्त्रालयले विज्ञप्तिमा जनाईए अनुसार देशभरबाट संकलित ३५ वटा नमूना परीक्षण गर्दा ९७ प्रतिशत नमूनामा कोरोना भाईरसको नयाँ भेरियन्ट (B.1.617.2) र ३ प्रतिशत (B.1.617.1) देखापरेको जनाएको छ। यो नयाँ भेरियन्ट सबै उमेर समूहको लागि संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ।